– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा नेपाली काग्रेस अर्घाखाँचीले पनि आज खाँचीकोट गाविसमा बृक्षारोपण र अन्तरकृया कार्यक्रम गरी बिपि स्मृति दिबस मनाएको नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले बताउनु भयो ।
यस्तै नेपाली काग्रेस सन्धिखर्क गाँउ कार्य समितिले पनि पटुवाथुममा बृक्षारोपण र आन्तरक्रिया कार्यक्रम गरेको सन्धिखर्कका सभापति नेत्रप्रसाद भटराइले बताउनु भयो । यसै गरि नेपाली काग्रेस गाँउ कार्य समितिहरुको आयोजनामा अर्घा,किमडाडा , वांगला, डिर्भना लगायतका ४२ वटै गाविसमा कार्यक्रम भएको छ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो । जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो ।
क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नुभएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो ।
नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो ।राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए ।
उहाँ २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो । त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो । उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पु