संघीयता र राष्ट्रिय एकता

– सागर कुवर
बाग्लुङ
संघीय शाशन प्रणाली जुन पुरानो तथा विश्वका करिव दुई दर्जन जती मुलुकले अपनाएको प्रणाली हो । नेपालमा संघीयतालाई आमुल परिवर्तनको अस्त्रको रुपमा व्याख्या गरिएको छ संघीयतावादी दलहरुबाट । विश्वको समग्र परिस्थिति भन्दा बाहिर गएर अनाधिकृत तथा विकृत रुपमा संघीयताको प्रचार गरियो नेपालमा ।  माओवादीहरुले त संघीयतालाई जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र वर्गीय उत्पीडनलाई अन्त्य गर्ने र देशलाई विकासका हिसाबले पनी कायापलट गर्ने प्रणालीका रुपमा व्याख्या गरे विघटित संविधानसभामा र त्यस प्रकारको नाराको आडमा फाइदा पनी लुटे तर संविधानसभा विघटनको कारण नै संघीयता बन्यो । संघीयताको हावा यसरी लाग्यो कि संघीयता पूरै परिवर्तन गर्नको लागि आएको तथा अहिले सम्म उत्पिडनमा परेका जाती तथा जनजातीहरुको आमुल परिवर्तनको अवतार हो, तर त्यो अत्यन्तै गलत र हास्यस्पद थियो । जुन कुरा नेपालको राजनीतिक इतिहासमा नै प्रमाणित भयो कि अब संघीयता नेपालको लागि उपयुक्त छैन । यहा