इराक । इराकको राजधानी बग्दादमा गराइएको श्रृंखलावद्ध विष्फोटमा ३० जना मारिएका छन् भने ७० भन्दा बढी घाइते भएका छन् । मुस्लिम धर्मालम्बीले रोजा खोल्न लागेकै समयमा शिया बाहुल्य क्षेत्रमा विष्फोट गराइएको हो ।
कराडा, बाईया, शुर्ता, तोब्ची र जाफरनिया जिल्लाको व्यवसायिक क्षेत्रलाई निशाना बनाइएको प्रहरीले जनाएको छ ।
गएको अप्रिलदेखि अहिलेसम्म इराकमा २५ सय व्यक्ति मारिइसकेको राष्ट्रसंघले जनाएको छ । सन् २००८ देखि इराकमा हिंसा बढेको हो । दुई मुस्लिम समुदाय शिया र सुन्नीबीच तिक्तता बढ्दा पछिल्लो समयमा इराकमा यस्ता विष्फोटका घटना दिनदिनैजसो भैरहेका छन् । शिया नेतृत्ववाला नूरी मलिकीको सरकारले आफूहरुलाई स्थान नदिएको आरोप सुन्नीहरुले लगाउँदै आएका छन् ।
Agencies