प्रहरीले चालकमाथि ज्यादति गरेको भन्दै यातायात मजदुरहरुद्धारा इलाम बन्द आह्वान

इलाम  । प्रहरीले चालकमाथि ज्यादति गरेको भन्दै यातायात मजदुरहरुले आजदेखि इलाममा यातायात बन्दको आह्वान गरेका छन् । 
बन्दले इलाममा लामो तथा छोटो दूरीको सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था संचालन हुन सकेनन् । झापाको विर्तामोडबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३४६ नम्बरको ट्याक्सीका चालक मिलन विकलाई कोल्बुङको किटेनीमा प्रहरीले हातपात र गालीगलौज गरेको भन्दै त्यसको विरोधमा यातायात मजदुरले बन्द आह्वान गरेका हुन् ।
 उनीसहित अरु चालकलाई पनि प्रहरीले बिनाकारण उठबस गराउन लगाएको यातायात मजदुरको आरोप छ । तर प्रहरीले भने ट्याक्सीले छतमा यात्रु हालेर ल्याएकाले यात्रुलाई तल ओरालेर भित्र बस्न अनुरोध मात्र गरेको जनाएको छ । 
गाडी नचल्दा मेची राजमार्ग अन्तर्गत पूर्वका अरु जिल्ला पनि प्रभावित बनेका छन् । इलामका मुख्य बजारहरुमा भने बन्दको असर परेको छैन ।
RSS