बेल्जियमका राजा अल्बर्टद्धारा औपचारिक रुपमा आफ्ना छोरा युवराज फिलिपलाई गद्दी हस्तान्तरण

बेल्जियम । बेल्जियमका राजा अल्बर्ट द्वितीयले औपचारिक रुपमा आफ्ना छोरा युवराज फिलिपलाई गद्दी हस्तान्तरण गरेका छन् ।

 

Belgium King-7

 

राजाको रुपमा आफ्नो अन्तिम सम्बोधनमा गर्दै ७९ वर्षिय राजा अल्बर्टले आफ्नो मुलुक युरोपका लागि प्रेरणाको स्रोत बनिरहनु पर्ने बताए । उनले फ्लेमिस भाषा बोल्ने उत्तर र फ्रेन्च भाषा बोल्ने दक्षिणबीचको विभाजन अन्त्य भएर एकजुट हुनु पर्नेमा जोड दिए ।

 

यसअघि उनले बेल्जियमका जनतालाई ५३ वर्षिय युवराज फिलिपलाई समर्थन गर्न आग्रह गरेका थिए । करिब दुई दशक गद्धीमा रहेका अल्बर्टको राजीनामा बेल्जियमको राष्ट्रिय दिवसको अबसरमा आएको हो ।

 

 फिलिम केही समय पछि नै मुलुकको सातौं राजा बन्नेछन् । छिमेकी नेदरल्याण्डस्मा डच सम्राटले छोरा विलियम अलेक्जेण्डरलाई गद्धी हस्तान्तरण गरेको तीन महिना पछि राजा अल्बर्ट द्धितियले स्वेच्छिक गद्धी हस्तारण गरेका हुन् ।

 

Agencies