६ जना सचिवमा बढुवा/यस् अघि यूएईका लागि नेपाली राजदुत भएर काम गरि सकेका थापा परराष्ट्रमा सचिव

काठमाडौं, साउन ६ – सरकारले ६ जनालाई सचिवमा बढुवा गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद वैठकले ६ जनालाई सचिवमा बढुवा र २ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
बढुवा हुनेमा अर्जुनवहादुर थापा, रञ्जन लाकौल, राजकुमार मल्ल, शंकरप्रसाद अधिकारी, लोकदर्शन रेग्मी र ङइन्द्रप्रसाद उपाध्याय छन् । थापालाई परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
अधिकारीलाई पुर्वाञ्चल, लाकौललाई मध्यमाञ्चल, रेग्मीलाई पश्चिमाञ्चल, उपाध्यायलाई मध्यपश्चिमाञ्चल र  मल्ललाई सुदुर पश्चिममाञ्चल क्षेत्रीय प्रशासको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुमन शर्मालाई महालेखा परिक्षककको कार्यालयमा तथा महालेखा परिक्षकको कार्यालयका उद्धब प्रसाद बास्कोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ ।
सरकारले निरन्जनमान मल्ललाई मलेशियाका लागि राजदुतमा नियुक्त गरेके छ  भने गोरखापत्र संस्थानको महाप्रबन्धकमा सुशील कोइराला तथा खाद्य सस्थानको महाप्रवन्धकमा डाक्टर शिवहरी श्रेष्ठलाई नियुक्त गरेको छ ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागमा २ सय ३ वटा स्थायी दरबन्दी थप तथा र २६ करारमा सहयोगी थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
यस् अघि यूएईका लागि नेपाली राजदुत भएर काम गरि सकेका र अहिले पररास्ट्र मन्त्रालयमा प्रवत्ताको रुपमा कार्यरत अर्जुन बहादुर थापा  सचिवमा बढुवा भएका छन । उनी अब पररास्ट्र मन्त्रालयमा सचिवको रुपमा काम गर्ने छन ।