टोकियो । जापानी प्रधानमन्त्री शिन्जो आबेले हालैसम्पन्न माथिल्लो सदनको निर्वाचनमा आफ्नो पार्टीको जीतले देशमा स्थीर सरकार दिन सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । सत्तारुढ गठबन्धनले माथिल्लो सदनमा बहुमत ल्याउने प्रक्षेपणसँगै उनले अस्थीर राजनीतिले दिएको पीडा पनि कम हुने आशा व्यक्त गरे ।
चुनावपछिका मत सर्वेक्षणहरुले आबेको लिवरल डेमोक्रेटिक पार्टी र यसको सहयोगी न्यू कोमिइटोले १ सय २१ मध्ये ७१ सीट जित्ने देखाएका छन् । औपचारिक नतिजा आउन भने बाँकी छ । नतिजा आबेको पक्षमा आएमा ६ वर्ष पछि पहिलो पटक दुबै सदनमा नियन्त्रण हुनेछ ।