गुरु दिबस


राजु खडका
युएई


यो संसार गुरुको देन हो अरु केही होइन।
कदर गरे महान हो, होइन भने केही होइन।


गुरु गूड् रहयो, चेला चिनी भये भन्छन,
त्यो उस्को भर्म मात्र हो अरु केही होइन ।


मान्छे पेलेन चढे पछी जमिन भुल्न खोज्नु,
त्यो एक क्षेणिक यात्रा हो अरु केही होइन।


नसिकुन्झेल पाउ परी ढोग का साथ गोडा धुने,
आज मातिएर हिडनु भुल हो अरु केही होइन।


जे छ तिमी सँग र जे हुनेछ, दाता गुरु नै हुन
तिमी मात्र तिमी होउ, अरु केही होइन।