नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३१ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला पार्टी अर्घाखाँचीले मदन आश्रित स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा वोल्ने वक्ताहरु यस्तो बताएका हुन । उनीहरुले पुष्पलाल देश र जनताको नेता भएकाले उनको सम्मान सवैको कर्तव्य भएको बताए । उनीहरुले पुष्पलालले राष्ट्रियको रक्षाको लागि कसैसँग पनि गलत सम्झौता नगरेको बताए । निरङकुस पञ्चायती व्यवस्थाको विरोधमा पुष्पलालको योगदान अतुलनीय भएकोमा जोड दिदै उनीहरुले पुष्पलालको कदर गर्नु पर्ने औंल्याए ।
कार्यक्रमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले अहिलेका केहि कम्युनिष्ट पार्टीहरु पुष्पलालले देखाएको बाटोमा हिडन नसकेको बताए । उनले जुन कम्युनिष्ट पार्टीले पुष्पलालको मार्गदर्शनलाई अपनाउन सक्दैन त्यो कम्युनिष्ट पार्टीको कुनै अर्थ नरहने बताए । देशका ठुला नेताहरुले सत्तामा जानको लागि गलत प्रवृतिको पनि वकालत गर्ने गरेको टिप्पणी गरे । उनले अव हुने संविधानसभाको निर्वाचनमा एमाले देशको सवै भन्दा ठुलो पार्टी वन्ने निश्चित भएको बताए । संविधानसभाको निर्वाचनमा एमालेलाई जिताउनका लागि सवै कार्यक्रता एकजुट भएर चुनावमा लाग्नु पर्ने उनको धारणा छ ।
यस्तै नेकपा एमाले लुम्विनी अञ्चल समन्वय कमिटीका सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेले पुष्पलालले अघि सारेको सयुक्त जनआन्दोलनको अवधाराणले देश परिवर्तनको दिशा तिर लम्केको बताए । उनले २०४६ सालको जनआन्दोलन पुष्पलालको सिद्धान्त अनुरुप भएकाले देशमा निर्दलिय निरङकुस पञ्चायती व्यवस्थाको अन्त्य भई देशमा वहुदलिय व्यवस्था आएको बताए ।