– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । आर्थिक अभावका कारण लामो समयदेखी मुटुरोगबाट ग्रस्त एक बालिकालाई रोजगारीको क्रममा परदेशीएका अर्घाखाँचीका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
दुवै मुटुको भल्वमा प्वाल परेर घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उपचार गर्न नसकेकी मरेङ ६ निवासी अमृता वि.क.को उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको हो ।
करीव करीव एक महिना पहिला विरामी बालिकाका विषयमा जानकारी पाएपछि पत्रकार हरि प्रसाद भुसालले अनलाईन मार्फत सहयोगको अपिल गरेका थिए ।
त्यही अपिल पढेपछि अर्घाखाँची सम्पर्क मञ्च साउदी अरवबाट रु २५ हजार र अर्घाखाँची जिल्लाको अर्घा धरमपानी घर भई रोजगारीको क्रममा इजरायलमा रहेका विष्णु भट्टराईको पहलमा ३७ हजार गरी कुल ६२ हजार संकलन भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।