बग्दाद । इराकको उत्तरी माउसुल सहरमा गराइएको कार बम विष्फोटमा परी पाँच प्रहरी अधिकृत मारिएका छन् ।
विष्फोटमा कम्तिमा आठ सर्वसाधरण घाईते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणकारीको पहिचान हुन नसकेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
इराकमा पछिल्लो समय साम्प्रदायिक र राजनीतिक अस्थिरताका कारण हिंसाका घटना बढ्दो छ ।
Agencies