पहिरोले खानेपानीको पाइप वगाइदिए पछि किमडाँडा र नुवाकोट गाविसमा पानीको हाहाकार

– अर्जुन भुसाल

 

किमडाँडा, अर्घाखाँची । डेढ हप्ता अघि परेको भारी वर्षाका कारण पहिरो जादा किमडाँडा  गाविस र नुवाकोट गाविसको दुई वडामा खानेपानीको हाहाकार मच्चिएको छ  । धारापानी र किमडाँडा गाविसको सिमानामा रहेको हिलेको जङ्गलबाट आउने पानीको पाइपलाइ किमडाँडा-३ पकलेमा गएको पहिरोले वगाए पछि यहाँका करिव १ हजार घरधुरीमा खानेपानीको हाहाकार मच्चिएको हो ।

पहिरोले पाइप  वगाएपछि  सिङ्गो किमडाँडा र नुवाकोट गाविसको वाड नं. २ र ३ मा समेत खानेपानीको अभाव देखिएको छ । हिलेबाट ल्याइएको पानीलाई किमडाँडा-३ पकलेका डाँडामा रहेको ट्याङकीमा संकलन गरि वितरण गरिने गरिन्छ । यहाँको पानी किमडाँडा र नुवाकोट गाविसका गरि करिव ८ हजार उपभोक्ताहरुले उपभोग गर्ने गर्दछन् ।  


यति वेला किमडाँडा गाविसका १ हजार घरधुरी र नुवाकोट गाविसका करिव ३ सय घरधुरीमा खानेपानीको समस्या परेको हो ।  पाइप काटिए पछि यहाँका स्थानियले पधेरोको पानी र आकासबाट आएको पानी जम्मा गरेर प्रयोग गर्न बाध्य छन् ।


किमडाँडा-२ उपल्लाटोलमा पधेरो समेत पहिरोले पुर्दा उपभोक्ताहरु खोलाको पानी प्रयोग गर्न वाध्य भएका छन् । पधेरो पहिरोले पुरिदिएपछि यहाँका करिव ३० घरपरिवारहरु पधेरोको पानीबाट समेत वञ्चित भएका हुन । किमडाँडा

अन्य समाचारहरु