अमेरिकाको न्यूयोर्क विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा १० जना घाइते

न्यूयोर्क  । अमेरिकाको न्यूयोर्क विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

 

अमेरिकाको लैशविल विमानस्थलबाट न्यूयोर्कका लागि उडान भरेको साउथवेष्टको बोइङ ७३७ जहाज न्यूयोर्कको ला गार्डिया विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको अघिल्लो भाग जमीनमा धसिँदा दुर्घटना भएको हो ।

 

विमानमा चालक दलका सदस्यसहित एक सय ४३ जना रहेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

Agencies