राष्ट्रपति यादवद्धारा राजसंस्था फर्कन सक्ने गरी भइरहेका पछिल्ला क्रियाकलाप र नेताहरुको अभिव्यक्तिप्रति चिन्ता व्यक्त

काठमाडौं  । राष्ट्रपति डा. रामवरण यादवले राजसंस्था फर्कन सक्ने गरी भइरहेका पछिल्ला क्रियाकलाप र नेताहरुको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन् । भोलिदेखि आफूले गर्न लागेको भारत भ्रमणबारे जानकारी दिन आज विहान राष्ट्रपति भवन पुगेका एमाले वरिष्ठ नेता माधव नेपालसँग राष्ट्रपति यादवले चिन्ता व्यक्त गरेका हुन् ।


गणतन्त्र नै धरापमा पार्ने गरी आएका अभिव्यक्ति र निर्वाचन विरोधी क्रियाकलापप्रति राष्ट्रपति यादवले चिन्ता व्यक्त गर्नुभएको नेता नेपालले जानकारी गराए । राष्ट्रपति यादवले मंसीर ४ को निर्वाचन कुनै हालतमा गर्नुपर्ने भन्दै त्यसका पक्षमा दृढताका साथ लाग्न नेता नेपाललाई आग्रह गरे ।


मंसीर ४ को निर्वाचनलाई साथ दिन भारतसँग आग्रह गर्नेबारे उहाँहरुबीच कुराकानी भएको नेता नेपालले बताए । मंसीर ४ मा पनि निर्वाचन नभए संविधानसभाबाट संविधान बनाउने विषयको औचित्य नै समाप्त हुने खतरा बढ्ने उनीहरुको विश्लेषण थियो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणमा नेता नेपाल भारत जान लागेका हुन् ।

 

RSS