निर्वाचन आयोगद्धारा फोटो सहितको नामावली सार्वजनिक, आगामी चार हप्ताभित्र राजनीतिक सहमति गरी निर्वाचन सुनिश्चित गर्न दलहरुलाई आग्रह

काठमाडौं  । निर्वाचन आयोगले मंसिर ४ गतेको संविधानसभा निर्वाचनका लागि संकलन गरेको फोटोसहितको मतदाता नामावली देशभर एकसाथ सार्वजनिक गरेको छ । देशका सबै गाविस र नगरपालिकाको वडा कार्यालयमा आयोगले आज प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । 

सम्बन्धित गाविस र वडामा आफूले भरेको फाराम अनुसारको मतदाता सूची हेर्न पाइने छ । नामावली चार हजार सात सय २१ स्थानमा प्रकाशित गर्ने व्यवस्था आयोगले मिलाएको थियो । 

आगामी निर्वाचनका लागि १ करोड २३ लाख ८ हजार मतदाताले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन् । यसरी प्रकाशित मतदाता नामावलीमा कुनै त्रुटी भएमा सच्चाउन, दर्तामा रहेको स्थायी ठेगाना परिवर्तन भएको भए मिलाउन यही श्रावण १२ गतेसम्मको समय दिइएको छ । 

दर्ता गरिएको नाममा दावी