दैलेख । दैलेखको रावतकोट गाविस वडा नम्बर ५ मा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कामी टोलका ५५ वर्षीय तुलाराम कुमाल रहेका छन् ।
झाडापखालाबाट थुप्रै विरामी परेका छन् भने ७ जना सिकिस्त रहेका छन् ।
साउने संक्रान्तिको दिन रांगाको मासु खाएपछि दलित वस्तीमा झाडापखालाको प्रकोप फैलिएको जनाइएको छ ।
सिकिस्त बिरामी परेकाहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ भने स्वास्थ्य टोली गाउँमा नपुगेकाले अन्यको उपचार हुन सकेको छैन ।
RSS