– कृष्ण खनाल
बुटवल । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टोप बहादुर रायमाझीले परिवर्तनलाई आत्मसाथ गर्ने र प्रतिक्रान्तीलाई मलजल गर्ने समर्थन गर्ने दुई खालका धार रहेको उल्लेख गद आन्दोलनका सहयात्रि दलहरु मिल्नुको बिकल्प नभएको उल्लेख गर्दै राजा संग सहकार्य गर्छु भन्नु प्रतिगामी चिन्तन भएको बताउनु भयो ।
उहाले राजा संग सहकार्य गर्छु भन्नेहरुले मुलुकलाई बिघटन बिसर्जनको बाटोमा हिडाउन खोजेको आरोप लगाउदै त्यसलाई सामान्य रुपमा लिन नहुने उल्लेख गर्नु भयो । पश्चिम नेपाल बस ब्यबसायी संघका पुर्व अध्यक्ष स्वर्गीय कलाधर न्यौपानेको स्मृती सभा तथा रक्तदान कार्यक्रममा बोल्दै नेता रायमाझिले प्रतिक्रान्तीलाई असफल बनाउन १२ बुदे समझदारीका दलहरु एक ढिक्का भएर अगाडि बढाउनु बर्तमानको आबश्यकता भएको जिकीर गर्दै प्रतिक्रान्ति लाई असफल बनाउदै मुलुकको शान्ति र बिकासको गतीलाई अगाडि बढाउनु समेत आन्दोलनका सहयात्रीहरुको दायीत्व भएको उल्लेख गर्नु भयो ।
कार्यक्रमा नेता रायमाझिले स्वर्गाय कलाधर न्यौपानेको परिवारका तर्फ बाट प्रकासित अथक योद्धा नामक स्मृती पुस्तक बिमोचन गर्नु भयो । उक्त पुस्तकमा स्वर्गीय न्यौपानेको सामाजिक राजनितीक र पारिवारीक जिवनका सन्दर्भमा सहयात्री हरुका अनुभव र स्मरण लाई समेटीएको छ ।
कलाधर स्मृती अक्षयकोष स्थापना र रक्तदान
यसै विच ,पश्चिम नेपाल बस ब्यबसायी संघले संघका पुर्व अध्यक्ष स्वर्गीय अध्यक्ष कलाधर् न्यौपानैको बार्षिक पुण्य तिथीका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा संघ आबद्ध ब्यबसायी, यातायात मजदुर तथा संञ्चारकर्मी एवं स्वर्गीय न्यौपानेका परिवारका सदस्यहरु समेत गरी ९७ युनिट रगत संकलन भएको संघले जनाएको छ ।
रगतको अभावमा कसैको पनि ज्यान जान नपाओस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको संघका अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।
स्वर्गीय कलाधर स्मृती अक्षयकोष स्थापना पश्चिम नेपाल बस ब्यबसायी संघका तत्कालिन अध्यक्ष स्वर्गीय कलाधर न्यौपानेको स्मृतीमा पश्चिम नेपाल बस ब्यबसायी संघले कलाधर स्मृती अक्षयकोषको स्थापना गरेको छ ।
अक्षयकोष बाट समाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्तित्वहरु लाई सम्मान गरिने संघले जनाएको छ ।र्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको संघले जनाएको छ ।
कार्यक्रममा संघको तर्फवाट एकलाख ५५ हजार संघ निकट स्वतन्त्र कर्मचारी युनियन बाट प्राप्त एक लाख एकाउन्न हजार र परिवारका तर्फ बाट प्राप्त दुईलाख गरि ५ लाख छ हजार बरावरको अक्षयकोष स्थापना गरीएको जानकारी दिईयो । साथै उक्तकोषमा नेपाली काग्रेस जिल्ला कार्य समिती सदस्य एवं समाजसेवी प्रेमनारायण खरेलले २५ हजार थप गर्ने घोषणा समेत गर्नु भयो । संघले उक्त अक्षयकोषको रकम बृद्धी गर्दै लैजाने जनाएको छ ।
सो अवसरमा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य टोप बहादुर रायमाझीले इतिहासमा महान र असल मान्छेहरुको अल्पायु हुने गरेको उल्लेख गर्नु भयो ।
उहाले स्वगीय कलाधर न्यौपानेको बिचार र भावनालाई आत्मसाथ गरेर हिडन सके मात्र उहा प्रति सच्चा श्रद्धान्जली र सम्मान हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य चन्द्र प्रकास खनालले स्वर्गीय न्यौपानेले समाजलाई देखाएको बाटो सालिन र सरलता भएको स्मरण गर्दै उहाको बाटोमा हिडने ब्यक्ति सफल हुने उल्लेख गनु भयो ।
कार्यक्रममा नेकपा एमाले लुम्विनी अञ्चल सदस्य लिला गिरी, राष्टिय जनमोर्चा रुपन्देही अध्यक्ष दल बहादुर भण्डारी संघका पुर्व अध्यक्षहरु दामोदर ज्ञवाली तुल्सीराम बन्जाडे, कृष्ण प्रसाद न्यौपाने सुर्य बहादुर भटराई गणेश मान सैजु रुपन्देही ब्यापार संघका अध्यक्ष टंक पोखरेल शिद्धार्थ यातायात ब्यबसायी समितीका अध्यक्ष दिपक शर्मा यातायात मजदुर तथा भलाई कोषका अध्यक्ष नारायण भटराई, स्वतन्त्र कर्मचारी युनीयनका अध्यक्ष भुवन थापा लगायतले बोल्दै स्वर्गीय कलाधर न्यौपानेको निष्ठा, स्वाभीमान सरलता कारण भौतीक मृत्यु पश्चात पनि जिवीतै रहेको उल्लेख गरे । कार्यक्रम संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षता महासचिव जिवन कुमार बन्जाडेको संचालन तथा बरिष्ठ उपाध्यक्ष गणेश बहादुर भटराईको स्वागतमा सम्पन्न भएको थियो ।