नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको निधन भएको छ । ९० वर्षिय कर्माचार्यको आज विहान ५ बजे निधन भएको हो । विरामी भई असार २३ गतेदेखि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचाररत नेता कर्माचार्यको आज विहान अस्पतालमै निधन भएको हो । जण्डिस र ज्वरोको उपचारका लागि कर्माचार्यलाई अस्पताल भर्ना गरिएको थियो ।


उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराईका अतिरिक्त कांग्रेस सभापति सुशील कोइराला, एमाले वरिष्ठ नेता माधव नेपाल कोटेश्वर पुगेका थिए ।
 
६४ वर्षअघि कर्माचार्यसहित चार जना नेताले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा सन १८७० अप्रिल २२ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । पुष्पलालको अगुवाईमा कर्माचार्यसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।


 विसं १९८१ कात्तिक १४ गते पाटनको झापाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीका पुत्रका रुपमा जन्मिएका अविवाहित कमाचार्य भाइहरुसँगै ललितपुरको बंगलामुखीमा बस्दै आएका थिए


 श्रद्धाञ्जली दिन कर्माचार्यको पार्थिव शरीर विहान एकीकृत माओवादीको पार्टी कार्यालय कोटेश्वरमा राखिएको थियो भने अहिले खुलामञ्चमा राखिएको छ । पछिल्ला वर्षमा कर्माचार्य एकीकृत माओवादीको संरक्षक थिए ।

 

RSS