वेलायती राजपरिवारका नाती प्रिन्स विलियम र नातिनी बुहारी केट नवजात शिशुका साथ अस्पतालबाट बाहिर निस्किए

वेलायती युवाराज्ञी नवजात छोरो सहित अस्पताल बाहिरवेलायत । वेलायती राजपरिवारका नाती प्रिन्स विलियम र नातिनी बुहारी केटले अस्पतालबाट बाहिर निस्किएर आफ्ना नवजात शिशुका साथ सबैमा अभिवादन गदै आभार व्यक्त गरेका छन् । हिजोमात्र केट मिडल्टनले लण्डनको सेन्ट मेरी अस्पतालमा छोरा जन्माएकी थिइन ।

 रातभर अस्पतालमा रहेका दुबैले अस्पतालबाट घर जानुअघि नवजात शिशुको सबैबीच सार्वजनिक गरेका हुन् । आफ्नो छोराको नाम के राख्ने भन्नेमा आफूले सोचिरहेको प्रतिक्रिया प्रिन्स विलियमले दिए । बच्चा स्वस्थ रहेको पनि विलियमले बताए ।

बच्चाका साथ अस्पतालबाट बाहिरिँदै गर्दा बाबुआमा दुबैको अनुहारमा चमक थियो । यसअघि बच्चाको हजुरबुबा प्रिन्स चाल्र्स र हजुरआमा कैमिलाले अस्पतालमै पुगेर बच्चालाई भेटेका थिए ।
 
 
Agencies