नुवाकोटमा पहिरो पीडित वासिन्दाद्धारा अनिश्चितकालिन जिल्ला बन्दको आह्वान

नुवाकोट । नुवाकोटको पहिरो पीडित किम्ताङ गाविसका वासिन्दाले आजदेखि अनिश्चितकालिन जिल्ला बन्दको आह्वान गरेका छन् । 
वर्षेनी जाने पहिरोले आफूहरुको जनजीवन अस्तव्यस्त पार्दा समेत राज्यले पूनर्वासको व्यवस्था नगरेको भन्दै आन्दोलित किम्ताङवासीहरुले जिल्ला बन्द गराएका हुन् ।
 पहिरोका कारण सयौं परिवार विस्थापित भइसकेका र अहिले पनि थुप्रै घर प्रभावित भए पनि पुनर्वासको मागलाई राज्यले बेवास्ता गर्दै आएको उनीहरुको गुनासो छ । 
बन्दका कारण लामो तथा छोटो दुरीको सवारीसाधन चल्न सकेका छैनन् । ६ सय घरधुरी भएको किम्ताङमा ४ सय १८ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन ।
RSS