– अर्जुन भुसाल
ढिकुरा, अर्घाखाँची । पोल गाडि तार तानेको दश वर्ष पछि जिल्लाको ढिकुरा गाविस र धनचौर गाविसमा बिजुली बलेपछि स्थानियमा खुसियाली छाएको छ । वर्षौ सम्म बिजुली बल्ने आशमा बसेका स्थानियमा बिजुली बलेपछि खुसियाली छाएको हो ।
वारीपारीका गाउँमा बिजुली बल्दा पनि अध्यारोमा बस्न वाध्य हुने गरेका यहाँका बासिन्दाहरु अहिले भने बिजुली बलेपछि उज्यालोमा बस्न पाउँदा दङ्ग छन् । लामो समय लगाएरै भए पनि बिजुली बाल्न पाएकोमा स्थानियले निकै खुसीको अनुभुति गर्न पाएका छन् ।
स्थानियको श्रमदान र जनप्रकाश सामुदायिक बिद्युतिकरण अन्तर्गतको आर.के इन्टरनेस्नलको सहयोगमा यि गाविसमा बिजुली बलेको हो । ढिकुरा गाविस वाड नं ५ का पुर्णवहादुर शाहिले विजुली बलेकोमा निकै खुसी लागेको बताए । बिजुली बाल्नको लागि वषौ सम्म मिहिनत गर्नु प-यो उनले भने, बत्ती बले पछि निकै खुसी लागेको छ । नमुना गाविसको रुपमा रहेको ढिकुरा गाविसमा अन्य कयौं गाविसहरु उज्यालो भएको वर्षौ पछि मात्र विजुली वलेको हो । सदरमुकामबाट चार किलो मिटर उत्तरमा पर्ने यस गाविसमा विजुली नहुदा यहाँका सर्वसाधरणहरु रातमा टुकीको सहारा लिएर काम गर्न वाध्य थिए ।
बिजुली नहुँदा प्रविधिको विकास सँगै भित्रिएका विभिन्न किसिमका उपकणहरुको प्रयोगबाट समेत स्थानिय वञ्चित बनेका थिए । धनचौरका शेषकान्त गैरेले विजुलीको उज्यालोमा बस्न पाउँदा आनन्दको महसुस भएको सुनाए । मोवाईल चार्ज गर्न अर्को गाउँमा जानुपर्दथ्यो उनले भने अहिले केवल जोडेर टिभी समेत हेर्न पाइएको छ । उनले बिजुली बलेपछि धेरैले राहतको अनुभुति गरेको बताए । यि दुइ गाविसका आठ ठाउँमा ट्रान्समिटर राखी १ हजार ओटा मिटर मार्फत स्थानियमा विद्युत वितरण गरिएको छ । जनप्रकाश सामुदायिक बिद्युतिकरण अन्तर्गत आर.के इन्टरनेस्नलको ६० प्रतिशत सहयोग र स्थानियको ४० प्रतिशतमा काम सम्पन्न भएको आर.के इन्टरनेस्नलका महाप्रबद्र्धक सागर लुइटेलले जानकारी दिए ।हामीले काम सुरु गरेको निश्चित समयमै सम्पन्न ग-यौं उनले भने, समयमै काम सम्पन्न भइ बिजुली बलेकोमा यहाँका नागरिकमा खुसी छाएको छ । उनले यो योजना सम्पन्न गर्न करिव डेढ करोडको लगानी लागेको बताए ।
बिद्युत बाल्नका लागि स्थानियले श्रमदान सँगै विभिन्न ठाउँबाट आयस्रोत जुटाएका थिए । सार्वजनिक जग्गा, सामुदायिक वनको काठ विक्री लगायतका आन्तरीक आयआर्जनको स्रोतबाट भएको आम्दानीलाई बिद्युतमा खर्च गरिएको हो । सामुदायिक बिद्युतिकरण योजनाले काम गरिदिए पछि सस्तो मुल्यमा बिजुली बल्ने भए पछि स्थानियले थप राहतको महसुस गरेका छन् ।
उनीहरुले एक युनिटको पाँच रुपैयाका दरले तिर्नुपर्दछ । लामो समयको प्रतिक्षा पछि मात्र बिजुली बाल्न पाएकोमा ढिकुरा ५ डेवाकी सपना भुसाल निकै खुसी छिन । टुकीको भरमा भान्साको काम गर्न निकै गाह्रो हुने गर्दथ्यो उनले भनिन, अहिले उज्यालोमा काम गर्न निकै सहज भएको छ । विजुलीबाट उज्यालोको साथसाथै अन्य विभिन्न सेवाहरु लिन पाइने भए पछि सबैमा उमङ्ग छाएको छ । रेडियो, टेलीभिजन, मोवाइल लगायतका सामग्रीहरु प्रयोगमा ल्याउन पाइने भएपछि स्थानिय झनै खुसी छन् ।अव यि ठाउँका विद्यार्थीहरुले पनि उज्यालोमा बसेर पढ्न पाउने भएका छन् ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।