– पार्वता श्रेष्ठ
चिदीका, अर्घाखाँची । धेरै पैसा कमाउने सपना बोकेर विदेश गएका युवाहरु हिजो आज स्वदेशमा फर्केर पशुपालन व्यवसाय तिर लाग्न थालेका छन् । विदेशमा दुख गरेर कमाउने पैसा त्यतिकै दुख गर्ने हो भने स्वदेशमै पनि थुर्पै पैसा कमाउन सकिन्छ भन्ने सोच राखेर स्वदेश फर्केर पशुपालन तथा कृषि क्षेत्रमा लाग्ने युवाहरुको दिनप्रतिदिन लहर बढन् थालेको छ ।
गाईलाई घाँस खुवाउदै धर्मेन्द्र अर्याल ।
यस्तै सोच राखेर स्वदेशमै फर्केर जग्गा लिजमा लिएर समेत व्यवसायिक रुपमा गाईपालन गर्न थालेका छन् चिदीका-४ बस्ने २६ वर्षिय धर्मेन्द अर्याल । आइ ए सम्म पास गरेर बाँकी पढाइ छाडेर विदेश गइ दुई वर्ष सम्म बसेका अर्यालले विदेशको कमाइ राम्रो भएपनि विदेशमा पसिना बगाउन भन्दा आफनै जन्मभूमिमा पसिना बगाउने हो भने विदेशमा हुने कमाई यहिनै हुन सक्छ भन्ने सोच र स्वदेशको मायाले घर फर्कि व्यवसायिक रुपमा गाईपालन गर्न थालेको बताउछन् अर्याल ।
२०६९ असार देखि ७ वटा गाईबाट शुरु गरेका अर्यालको गोठमा अहिले ११ वटा गाई रहेका छन । भविस्यमा ५० वटा गाई पु-याउने लक्ष्य रहेको बताउछन । विदेश गएर छोराले धेरै पैसा नकमाएर फर्केर घर आई गाईपालन गर्छु भन्दा बुबा आमालाई विस्वास नलागेर शुरुमा केही सहयोग नगरेको बताउछन । शुरुमा ४ लाख ५० हजार जति खर्च लागे पनि अहिले आएर मासिक ४८ हजार आम्दानी हुन थालेको अर्याल बताउछन । छोराले गरेको मिहिनेत र घर परिवार सगै बसेर यो व्यवसाय बाट आम्दानी भएको देखेपछि अहिले घरपरिवार एवं बुबा आमा दङ्ग छन । विदेश गएर पैसा कमाइ रहेको छोरा एक्कासी घरमा आई गाई पाल्छु भन्दा के गर्छ होला भनेर विश्वास लागेन भन्नुहुन्छ अर्यालको बुबा । गरेयो भने के हुदैन भने कुराको पूष्टि गरेका छन अर्याल । अहिले ५ वटा गाई दुहुना रहेुका छन भने ६ गाई व्याउने छन । प्रत्येक दिन ५० लिटर दुध उत्पादन हुने गर्छ । त्यो दुध सन्धिखर्क र तम्घासमा रहेका दुधडेरीमा प्रतिदिन ४५ लिटर जति दुध पठाउने गरेको बताउछन । यसरी घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि बुबा आमा श्रीमतीले समेत विश्वास गर्दै सहयोग गर्न थालेको बताउछन । यहि व्यवसायबाट ७ जना परिवारको पालनपोषण गदै आएका छन ।
जिल्ला पशु सेवा कार्यालयले केही प्राविधिक सहयोग र उन्नत घाँसको बीउ दिएर सहयोग गरेको छ भने अन्य गोठ सुधार ,गाई ढवानी खर्चको लागि केही रकम दिएर सहयोग गरेको अर्याल बताउछन । यता पशुसेवा कार्यालयका प्रमुख अमृत कुमार मास्के भन्नुहुन्छ गोठ सुधारको लागि रु तिस हजार र गाई ढवानी खर्च अठार हजार दिएर सहयोग गरेको बताउनु हुन्छ ।
गरेयो भने विदेशमा मात्र होइन स्वदेशमै पनि थुप्रै आम्दानी हुन सक्छ भन्ने गतिलो उदाहरण दिएका छन ।यस्ता मिहिनेती जागरुक र पढेलेखेका युवाहरु विदेशमा गएर दुख पाउनु भन्दा अर्यालको सिकाईलाई सिकेर आफनै जन्मभूमिमा केही गर्नु पर्छ की ? गरेयो भने यहि पनि सुन फलाउन सकिन्छ भन्ने गतिलो शन्देस दिएका छन । अव युवाहरु दलालीको झुटो आशमा फसेर विदेश गई दुख पाउनु भन्दा यी युवाले गरेको गतिलो कामको सिकाईलाई सिकेर आफनै देशमा बसेर केही गर्ने हो की ?
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।