स्पेनमा रेल दुर्घटना हुँदा ७८ जनाको मृत्यु

मड्रिड, स्पेन  । स्पेनमा रेल दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । रेल लीकबाट बाहिरिँदा भएको दुर्घटनामा १३० घाइते भएका छन् । 
मड्रिडबाट फेरोल तर्फ जाँदै गरेको रेल सेन्टियागो दे  कम्पोस्टेलामा दुर्घटना हुँदा थुप्रैं घाइते भएका हुन् । रेलको १३ वटै डिब्बा लीकबाट उछिट्टिएको छ ।
उक्त रेलमा २१८ यात्रु यात्रारत थिए । गर्मीको छुट्टी मनाउन समुन्द्री किनारातिर लागेकाहरु दुर्घटनामा परेको बताइएको छ । 
दर्जनौं जना घाइतेको अस्पतालमा उपचार भैरहेको प्रहरीले उल्लेख गरेको छ । 
स्पेनमा भएको यो दुर्घटना पछिल्लो चार दशककै सबैभन्दा डरलाग्दो रहेको हो ।  जसले १९१ जनाको ज्यान जाने गरी २००४ मा मड्रिडमा गराइएको हमलाको सम्झना आउन्छ ।