काठमाडौं । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको अवधि १० दिन थप गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद १० दिन थप्ने निर्णय गरेको हो ।
एक महिनाको समयावधि पाएको आयोगको म्याद हिजो सकिएको थियो । तर, आयोगले क्षेत्र निर्धारणको काम भने टुंगो लगाउन सकेको छैन ।
त्यस्तै बाढी पीडितहरुलाई वितरण गर्ने राहत सामाग्री सरकारी संयन्त्र मार्फत मात्र वितरण गर्ने निर्णय समेत सरकारले गरेको छ ।
RSS