सुपा देउराली मन्दिर पनि सरसफाइ अभियानमा


 

– शोभाखर पन्थी

 

सुपा देउराली, अर्घाखाँची । एक वर्ष पहिले मन्दिरमा पुजा गर्न आउँदा चर्पी नहुँदा सास्ती व्यहोरेकी बुटवल १३ की सारदा पाण्डे अर्घाखाँचीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सुपा देउराली मन्दिरमा बनेको आधुनिक चर्पी देखेर छक्क पर्नु भयो । अघिल्लो पटक मन्दिरमा आउँदा पेट बिग्रीएर शौचालय को अभावमा निक्कै दुःख झेलेकी पाण्डेले अहिले चर्पी बनेको देख्दा निक्कै खुसी लागेको बताउनु हुन्छ । सुपा मन्दिर दर्शनका लागि पाँचौ पटक आएको बताउने कपिलबस्तु चन्द्रौटाका दिपक शर्माले यस पटक जस्तो मन्दिरमा सरसफाई आफूले कहिल्यै नदेखेको बताउनु भयो । पाण्डे र शर्मा मात्र होईन सुपा मन्दिरमा दर्शन गर्न आउने सवै जसो भक्तजनहरुले अहिले मन्दिरको सरसफाइको अवस्थालाई लिएर निकै प्रशंसा गर्ने गरेका छन् ।

 

गोरसिङ्गे सन्धिखर्क सडकखण्ड अन्तर्गत सितापुर र खाँचीकोटको सिमा क्षेत्रमा अवस्थित सुपा देउराली मन्दिरमा बनेको शौचालय अहिले यहाँ आउने जोकोही भक्तजनका निम्ति चासोको विषय वन्न पुगेको छ । दर्शनका लागि प्रत्येकदिन एकहजार भन्दा बढिको संख्यामा आउने भक्तजनहरु मन्दिरमा व्यवस्थित शौचालय नहुँदा दिसा पिसावको लागि खोला, खोल्सी र भीरपाखामा दौडिनु पर्ने बाध्यता थियो । आँखा छल्नपाए मन्दिरको आडमै दिसा पिसाव गर्न बस्ने भक्तजनहरु पनि त्यहाँ प्रसस्तै हुन्थे । व्यवस्थित शौचालयको अभावमा दिक्क बनेको मन्दिर व्यवस्थापन समितिले जिल्लालाई खुल्ला दिसामुक्त पार्ने अभियानमै चर्पि बनाउने निर्णय ग-यो र काम सुरु गरेको ५ महिनामै मन्दिर परिसरमा रहेको निक्कै अप्ठ्यारो ठाउँलाई सदुपयोग गरेर महिला र पुरुषको लागि छुट्टाछुट्टै ४ कोठे शौचालय निर्माण गरि छाड्यो । आर्थिक अभावका कारण ईच्छा हुँदा हुँदै पनि व्यवस्थित चर्पी बनाउन सकेका थिएनौं, सितापुर गाविस लाई खुल्ला दिसा मुक्त पार्ने अभियानमा हामीपनि किन पछि पर्ने भनेर काम सुरु ग-यौ, झण्डै साडे नौ लाखको लागतमा चर्पी बनेको छ, मन्दिर व्यवस्थापन समितिका सचिव यादव राज घिमिरेले बताउनु भयो ।

 


 

चर्पी निर्माण भएपछि मन्दिर वरीपरीको वातावरणमा परिवर्तन आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृतम थापाको भनाइ छ । शौचालयको अभावमा भक्तजनहरुले मन्दिर नजीकै फोहोर गर्दा दुर्गन्धले लज्जा बोध हुन्थ्यो, अहिले निक्कै सफा भएको छ, मन्दिरको ईज्जत बढेको महसुश गरेका छौं, थापाले खुशी व्यक्त गर्दै बताउनु भयो । सुपा देउराली मन्दिरले मन्दिरमा चर्पी मात्र बनाएन चर्पी निर्माणको लागि स्थानीय वासिन्दाहरुलाई समेत प्रोत्साहन दिनेकाम समेत गरेको छ ।

 

मन्दिरले आफ्नो लगानिमा करिब १७ हजार रुपैयाँ खर्चेर ३ वटा होर्डिङ्ग बोर्ड बनाई समुदायमा सचेतना फैलाउने काम गरेको छ । केहि दिन भित्रै मन्दिर क्षेत्रमा जम्मा हुने फोहोर व्यवस्थापन गर्न डम्पिङ्ग (खाल्डो) को व्यवस्था गर्न लागेको मन्दिरका सचिव घिमिरेको भनाई छ । सरसफाई अभियानबाट उत्साहि भएका मन्दिरका अगुवाहरुले गत वैशाख १५ यता सुपा देउराली बजारलाई मदिरा तथा सुर्तिजन्य पदार्थ निषेधीत क्षेत्र घोषणा गरेकाछन् । यहाँ मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गर्न शक्तमनाइ छ । कसैले नियम उलंघन गरेमा रु. ५ सय देखि २ हजार ५सय सम्म जरिवाना गर्ने मन्दिरका उपाध्यक्ष गोवद्र्घन थापाले बताउनु भयो ।

 


 

सुपा देउराली मन्दिरले सरसफाइमा पु-याएको योगदानले स्थानीय बासिन्दामा समेत परिवर्तन ल्याएको सरसफाइ अभियान इकार्डस् -प्राग अर्घाखाँचीका अभियन्ता प्रेमनारायण गैरेले बताउनु भयो । यस मन्दिरले जस्तै देशका अन्य मन्दिरहरुले पनि सामाजिक परिवर्तन र रुपान्तरणको क्षेत्रमा सहयोग पु-याएमा मन्दिरहरु केवल धार्मिक आस्थाका विश्राम स्थल मात्र नभई चेतना अभिवृद्घि गर्ने भरपर्दो माध्यम हुन सक्ने जिल्लाका बुद्घिजीविहरुको भनाई छ ।

 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु