वैद्य नेकपा-माओवादीद्धारा पूर्वराजा ज्ञानेन्द्र राष्ट्रवादी भएको निष्कर्ष, -सिक्किमीकरण हुनुभन्दा राजाले लिनु जाति

gyanendra-vs.-baidya

 

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पोलिटब्यूरो बैठकमै छलफल गरेर पूर्वराजा ज्ञानेन्द्र राष्ट्रवादी भएको निष्कर्ष निकालेको छ । अहिलेका प्रमुख दलहरुभन्दा ज्ञानेन्द्र राष्ट्रवादी भएकोले राष्ट्रवादीहरुको मोर्चामा उनलाई समेत ल्याउनुपर्ने माओवादीको निश्कर्ष छ ।

पोखरा बैठक लगतै बुद्धनगरमा बसेको पोलिटव्यूरोमा भएको छलफल अनुसार नै सचिव नेत्रविक्रम चन्दले ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएका थिए । जसलाई अध्यक्ष बैद्यले समेत समर्थन गरेका छन् । आफूहरु गणतन्त्रकै पक्षमा रहने तर, पूर्वराजाले पनि राष्ट्रवादी शक्तिको प्रतिनिधित्व गर्ने भएकाले उनीसँग सम्बन्ध राख्न सकिने बैठकमा छलफल भएको माओवादी स्रोतले बतायो ।