लिबियाको बेन्घाजी शहरमा रहेको कारागारबाट एक हजारभन्दा बढी कैदी फरार

लिविया  । लिबियाको कारागारबाट एक हजारभन्दा बढी कैदी फरार भएका छन् । लिबियाको बेन्घाजी शहरमा रहेको कारागारबाट एक हजार दुई सय कैदी फरार भएका हुन् । ती मध्ये केहीलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् । फरार कैदीमध्ये अधिकांश गम्भीर अपराधका आरोपी हुन् ।
 कैदी फरार भएलगतै लिबियाई प्रधानमन्त्री अली जेदानले शहरको मध्य भागमा रहेको कारागार हटाउन दक्षिणी क्षेत्रका बासिन्दाले भन्दै आएकाले उनीहरुले नै आक्रमण गरेको हुनसक्ने आशंका गर्नुभयो । जेल तोड्नेलाई कडा कारवाही गरिने चेतावनी उहाँको छ । 
कारागारमा हमला गर्नुअघि केही प्रदर्शनकारीले मुश्लिम ब्रदरहुडको सम्पर्क कार्यालयमा आक्रमणसमेत गरेका थिए । लिबियामा मुआम्मर अल गद्दाफीको पतन भएसँगै बेन्घाजी अन्यन्तै अस्थीर शहर मध्ये एक मानिन्छ ।
  
Agencies