धदिङ । नेकपा एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष चरी भनिने दिनेश अधिकारीलाई हिजो प्रहरीले पक्रेको विरोधमा एमाले धादिङले आज जिल्ला बन्द गराएको छ ।
बन्दका कारण जिल्ला सदरमुकाम धादिङबेसी लगायत आसपासको जनजीवन प्रभावित बनेको छ । बन्दले बजार, शिक्षण सस्था, यातायात ठप्प भएको छ ।
राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका ठाउँ ठाउँमा बन्दकर्ताले अवरोध गर्दै गाडी चल्न दिएका छैनन् ।
आपराधिक पृष्ठभूमिका चरीलाई प्रहरीले हतियारसम्बन्धी झूठो मुद्दा लगाएर फसाउन खाजेको भन्दै बन्द आह्वान गरिएको दलील एमाले धादिङको छ ।
RSS