पाकिस्तानको फैसलावादमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा १८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको फैसलावादमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश मुश्लिम र क्रिश्चियन कामदार रहेको बताइएको छ ।

 

दुई वटा पार्टीमा भएको उक्त घटनामा दर्जनौं विरामी परेका छन् । रक्सी खाने वित्तिकै बेहोश भएकाहरुको मृत्यु भएको हो । अस्पताल लैजांदै गर्दा बाटौमै उनीहरुको मृत्यु भएको थियो ।

 

प्रान्तीय गर्भनरले घटनाको छानविन गर्न आदेश दिइएको बताएका छन् । पाकिस्तानमा गैरमुश्लिमलाई मात्र रक्सी किन्ने र सेवन गर्ने अनुमति रहेको छ । तर मुश्लिम समुदायका मानिसहरुले लुकीछिपी रक्सी खाने गर्दछन् ।

 

Agencies