अर्घाखाँची संपर्क समिती युएईद्धारा ठाडाका मृगौला पीडितलाई सहयोग गर्न अपिल

युएई । अर्घाखाँची जिल्लाको ठाडा गाबिस वडा- ७ पखेरे घेचमा निवासी हरि प्रशाद पाण्डेका ३८ वर्षिय छोरा ओम प्रकाश पाण्डेको दुबै मृगौला खराब भएकोले उनको सहयोगको लागि अर्घाखाँची संपर्क समिती युएईले एक विज्ञप्ती जारी गर्दै सबैलाई अनुरोध गरेको छ।
 
उपचारको लागि गाबिस, जिल्ला प्रशासनले सम्बन्धित निकायलाई पत्र काटे पनि त्यहाँबाट अझै सम्म कुनै सहयोग नआएको समितीका प्रमुख राजु खडकाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।  
 
साथै उपचारको लागि लाग्ने रकम ओम प्रकाशको  परिवारले धान्न नसक्ने स्थिती आएको भन्दै समितीले सबैलाई सो आहवान गरेको हो। तर आइतवार सबेरै पठाइएको उक्त विज्ञप्तीमा के-कति आर्थिक सहयोग चाहिएको भन्ने बारेमा केही उल्लेख गरिएको छैन ।
 
यसैक्रममा समितीले सहयोग गर्ने चाहने जो सुकैलाई तलका सम्बन्धित व्यक्तीलाई संपर्क गर्न सकिने पनि उल्लेख गरेको छ।
 
दुबई:
बिष्णु प्रसाद आचार्य (०५५-१३१९७८३)
मनिराम पाण्डे (०५५-२८९००७२)
 
सारजाह:
चिरन के.सी (०५५-४३६५५७०)
 
अबुदाबी:
रबीलाल खनाल (०५५-९८४१२५८)
चन्द्र सारु मगर (०५५-६७३२०९८)
बिष्णु पन्थी (०५२-९६३०८७३) 
 
अजमान:
इस्वरी पन्थी (०५५-३२४२७०९)
अलिमुसा: इस्वरी थापा (०५५-८०७३३८४)
 
– Raju Khadka in Dubai contributed to this report.

 
अन्तराष्टिय अर्घाखाँची सम्पर्क मञ्चको अनलाईन भेला सम्पन्न
 
– हरि प्रसाद भुसाल
 
अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको आयोजनामा जिल्लावासीहरुको अनलाईन भेला सम्पन्न भएको छ ।
 
आईतवार राती अबेरा सम्म स्काइपमा बसेको भेलाले जिल्लामा आइपर्ने विभिन्न खाले समस्याहरुमा सहयोग गर्ने मुख्य जिम्मेवारी सहित अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको मातहतममा रहने गरी अर्घाखाँची आपतककालिन सहयोग कोषको स्थापना गर्ने निर्णय गरेको छ ।
 
भेलाको शुरुमा विष्णु प्रसाद भट्टराई र हरि नेपालीले कोष स्थापनाको औचित्य र आबश्यकताका विषयमा विषयवस्तु राखेका थिए । त्यसपछि उपस्थित सम्पूर्ण सदस्यहरुले आ आफ्नो धारणा राख्दै कोष स्थापनाको अपरिहार्यतामा जोड दिएका थिए ।
 
भेलाले अर्घाखाँची आपतकालिन सहयोग कोषलाई अगाडी बढाउनका लागि तत्काल हरिप्रसाद भुसाललाई राष्टिय संयोजक र विष्णु प्रसाद भट्टराईलाई अन्तराष्टिय संयोजक तोक्ने निर्णय गरेको छ ।
सम्पर्क मञ्चका उपाध्यक्ष रीना आचार्यको सञ्चालन र अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको भेलामा लेखनाथ पराजुली, ठाकुर प्रसाद आचार्य, रन्जित छेत्री, असफल हरी क्षेत्री, राजु खडका, बिष्णु भट्टराई, हरी प्रसाद नेपाली, तारा न्यौपाने, रिना आचार्य, करण जंग रायमाझी, नेत्र बेल्वासे, सुर्य थापा, जनक पाण्डे, टेकराज थापा लगायतको उपस्थिती रह्यो ।
 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु