भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा ७२ घण्टे बन्दको आह्वान

दार्जिलिङ । भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा आजबाट ७२ घण्टे बन्दको आह्वान गरिएको छ । गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ पहाडमा आजबाट बन्द आह्वान गरेको हो । मोर्चाका अध्यक्ष विमल गुरुङले हिजो कालिम्पोङमा पत्रकार सम्मेलन गरी गोर्खाल्याण्ड नपाएसम्म आन्दोलन जारी रहने भएकाले पूर्ण तयारीमा रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन पनि दिए । 
बन्द लामो समय जानसक्ने भन्दै उनले जनतालाई चाहिने खाद्यान्नको जोहो गरिराख्न पनि उनले सबै दार्जिलिङवासीलाई अपील गरे । भारत सरकारले आन्ध्र प्रदेशबाट तेलंगानालाई अलग्गै राज्य बनाउने निर्णय गर्न लागेपछि मोर्चाले पनि लामो समयदेखिको गोर्खाल्याण्ड प्राप्तिको माग दोहो