के युवाहरु नेताहरुले खेलाउने खेलौना हुन त?


बाबु रोका मगर “अपरिचित”

अब त अती भयो हामी नेपालीहरु लाई होइन यो लडाईंले छिमेकीहरु लाई जाती हुने भयो | देश मा सबैको मनपरी भयो मै हुँ भन्ने ले पनि खै के नै गर्‍यो? नेपाल मा संबिधान कस्तो खाले हुने हो र? के संसार कै राष्ट्र हरुको भन्दा भिन्न किसिमको ?


२०६२-२०६३ को संघर्ष पछी सदियौ पुरानो राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना ले सबैको मन भित्र अब देश र देशका जनताहरुले कोल्टो फेरेको लागेको थियो | पहिलेको संबिधान लाई कालो संबिधान भन्दै अब नयाँ संबिधान को निर्माणको को लागि संबिधान सभाको चुनाव गर्ने घोषणा गर्दै आएको पनी सात बर्ष भई सक्यो खोइ त? यही हो त आफुले आफुलाई देशको नाइके ठान्ने नेताहरुको चाल..? सात-सात बर्ष बिती सक्दा पनि संबिधान सभाको “स” लेख्न सकेका छैनन | खाली एक आपसमा लडाईं गर्ने एक ले अर्काको खुट्टा तान्ने | बिदेश यात्रा,सन्चो भएन उपचार को लागि जापान,सिङापुर थाइल्यान्ड | नेपाल मा न कुनै अस्पताल छ न कुनै डक्टर न कसै माथि भरोसा | यहाँ जस्ले जे गरे पनि हुन्छ | किनकी यहाँ कुनै नियम कानुन छैन सबैले कानुनलाई आफ्नो हातमा लिएर राज गर्न चाहन्छ |    


भनिन्छ “धेरै खायो भने चिनी पनि तितो हुन्छ” अलिकती पनी लाज लागेन आफ्नो मातृभुमी माथि बलात्कार गर्न बारम्बार चिथुरेर निको हुन लागेका घाऊहरु कोट्टाएर बिर्शन लागेका पिडाहरुलाई बिउझाएर घाइते बनाए | अबत के नै रहयो र बाँकी नाम मा मात्र सिमित छ “नेपाल”|


मैले अलि-अली थाहा पाउछु बहुदल आयो रे नेपाली जनताहरुले अब आफ्नो हक अधिकार का कुरा गर्न पाउने भए स्वतन्त्र भएर बाँच्न पाउने भए | त्यतिबेला मेरो अंकल फुपु,दिदी हरु युवा हुनुहुन्थ्यो त्यो आन्दोलन को लडाईंमा उहाँहरुले जेलनेल भोग्नु पर्‍यो त्यो सब कस्का लागि ? २०४६ देखी २०५२ सम्म जिन्दावाद,मुर्दावाद भईनै रहन्थे | त्यसपछी नेकपा माओवादी ले २०५२ साल फागुन २ गते बाट जन्युद्द शुरु भएको घोषणा गरे २०५२ देखी २०६२-६३ सम्म को युद्द मा १७ हजार नेपाली हरुले ज्यान गुमाएको तथ्यांक आएको थियो | त्यस मा पनि मर्ने हरुको संख्या धेरै मात्रमा युवाहरु नै थिए | देश मा रोजगार को अनिकाल लागेको म नजन्मदै बाट हो रहेछ अहिले सम्म पनि म जस्ता लाखौं युवा हरुले यसको पिडा खेप्नु परेको छ |   


मिठो खाने,राम्रो लगाउने आफ्नो घर परिवारको राम्रो ब्यबस्था  गराउने चाहना कस्लाई हुँदैन र ? जहाँ पनि जहिले पनि युवाहरुलाई नै ढाल बनाएर भष्ट्रचारीहरु कुर्शी सम्म पुग्ने सिंढी मा लाइन लागेका हुन्छन पालै सँग मन्त्री बन्नु पर्ने हामी युवाहरु उनीहरु कै पछी-पछी  घुम्दै  कतै बाट कुनै निकाशा मिल्छ कि भन्ने आशा मा जिन्दावाद,मुर्दावाद भन्दा भन्दै श्वास फेर्न पनि भुल्ने अवस्था झेल्नु परेको छ | देशमा कुनै आयश्रोत को बाटो नभए पछी बाध्यताले घर परिवार अनी आफ्नो प्यारो देश छोडेर ५५ डिग्री को तातो मा आफुलाई जलाउन वाध्य भएका छौ | यो समस्या को कारण को हो त? किन युवा हरुलाई आफ्नो देशमा बस्ने ब्यब्स्था बनाउन सकिदैन? यदी बसी हाल्यौ भने पनि बिभिन्न बहानामा आन्दोलन मा उतारिन्छ अनी हात मा बन्दुक पनि थमाइन्छ यो किन र कस्का लागि ? के हामी युवाहरु नेताहरुले खेलाउने खेलौना हौ त?


एकता मा अनेकता भएपछी समस्या त उत्पन्न हुने नै भयो | नेपाल कै ठुलो शक्तिशाली पार्टी मानिएको माओवादी काँक्रो को चिरा परेको जस्तो चिरिएर बिभाजित भयो | एक आपस मा मतभेत पनि बढ्दै गयो | अब यतिबेला मंसिर ४ मा हुने संबिधान सभाको चुनाव मा पनि यि दुई माओवादीले आपस-आपसमा प्रतिकारका लागि आ-आफ्ना युवा संगठन को शक्ती प्रयोग गर्ने समेत भएका छन | दुवै माओवादी निर्वाचन किन्द्रीत (पक्ष-बिपक्ष) कार्यक्रम लिएर साउन १५ देखी गाउँ पस्ने रे.. एमाओवादी चुनावी वातारण निर्माण को लागी निर्वाचन क्षेत्र केन्द्रीत अभियान को साथ गाउँ पस्ने भने नेकपा माओवादी पनि चुनाव भाड्ने रणनिती अनुरुप सोही दिन देखी निर्वाचन क्षेत्र केन्द्रिय चुनाव बिरोधी अभियान लिएर गाउँ पस्ने खबर ले मलाई चिन्ता ले  सताएको छ |


जता ततै बाट “तिर” हान्ने त युवा लाई नै हो | तर एउटा कुरा गाउँ त बर्षऔ देखी शुन्य छ त्यो शुन्य गाउँ मा गएर गाउँ मा भएका ति बुढाबुढी,बालबालिका लाई आफ्नो कायरता देखाउन चाहेर होला गाउँ पस्न खोजेको? साँच्चै नै आफ्नो सही दिमाग र ताकत देखाउने नै हो भने शहर का कुना-कुना बिदेश का गल्ली-गल्ली पसे हुन्छ | साँझ बिहान छाक टार्न मुस्किल परेर बिदेशी भुमिमा छट्पटाएका कती युवाहरु छन यिनिहरु सामु जाने हिम्मत किन छैन यि राजनितिका नाइकेहरुलाई ?


युद्द र आन्दोलन गाउँ अनी जङगल बाट सुरु गर्ने जब सत्ताधारी भईन्छ शहर पस्ने ? वाह् क्या राम्रो तरिका छ हाम्रो नेपाली नेता ज्यु हरुको राजनीतिमा रणनिती? गाउँ लाई रणभुमी बनाउने आसय बोकेर नै होला | खोइ कहाँ गए ति विर युवा शहीद ले दिएको वलिदान? कता भासिए ति बिद्दानहरुले देखाएका बाटाहरु? किन जन्मदैनन शान्ती का पुत्र बुद्द? किन कोरिएन फेरी सिमारेखाहरु? अब पनि हामी युवाहरु कसैको ईशारामा खेल्ने खेलौना भयौ भने हामीले मात्र होइन हाम्रा कयौ पुस्ताहरुले सुख को चयन अनी श्वास लिन पाउन सक्ने छैनन |              


अंत मा हामी युवाहरु जती सबै नेपालका सम्पूर्ण राजनीतिक दलहरुलाई अनेकता मा होइन एकतामा बाँधिएर देश को शान्ती संबिधान र बिकास का लागी एकबद्द भएर अघी बढ्न बिन्ती गर्दछौ |


हामी युवाहरुलाई किन खेलौना को रुप मा हेर्नु हुन्छ ? देश बिकास को लागी शक्तिशाली नयाँ अनुहार हेर्ने प्रयत्न गर्नु भयो भने हाम्रो देश “नेपाल” ले पक्कै पनि काँचुली फेर्ने छ |