संविधानसभा चुनाव बिथोल्ने धम्की विभिन्न पक्षबाट आईरहेका बेला सरकारद्धारा अवरोध पुर्‍याउन खोज्नेहरुमाथि सशक्त कारवाही गर्ने चेतावनी

विभिन्न पक्षले मंसिरका लागि निर्धारित स‌विधानसभा चुनाव बिथोल्ने धम्की दिईरहेका बेला सरकारले अवरोध पुर्याउन खोज्नेहरुमाथि सशक्त कारवाही गर्ने चेतावनी दिएको छ।


स्वतन्त्र र निष्पक्ष चुनावका लागि शान्तिपूर्ण वातावरण अत्यावश्यक रहेको भन्दै सरकार प्रमुख खिलराज रेग्मीले सुरक्षाको सवालमा कुनै किसिमको सम्झौता नगर्ने बताएका हुन्।

व्यवसायीहरुले आईतवार राजधानीमा गरेको कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले त्यस्तो सरकारी योजना सुनाएका हुन्।


शान्ति सुरक्षाको प्रत्याभूति गर्न सबै व्यवस्थापकीय प्रबन्धलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले भने,