काठमाडौं । सरकारले संविधानसभा चुनावका लागि सुरक्षा रणनीति बनाएको छ । गृहमन्त्री माधव घिमिरेको अध्यक्षतामा बसेको तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठकले संविधानसभा चुनावको रणनीति बनाएको हो । सुरक्षा निकायको बैठकले हाल चुनावप्रति असन्तुष्टि ब्यक्त गरिरहेका दलहरुले चुनाव विथोल्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।
प्रहरी प्रधान कार्यालयमा भएको सुरक्षा निकायको बैठकमा गृहसचिव नविन घिमिरे र तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । बैठकले तराईका सशस्त्र समूह भन्दा पहाडका जातीय समूह चुनावका लागि बाधक रहेको निष्कर्ष पनि निकालेको छ ।
यसैबीच हिजो चुनाव बहिष्कारको पोष्टर टास्दै गरेका नेकपा माओवादीका दुईजना कार्यकर्तालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । चुनाव भाड्ने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सरकारले निर्देशन दिएको छ ।
RSS