– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका कृषकहरुले व्यवसायिक च्याउ खेती सुरु गरेका छन् । थोरै लगानी र कम मेहनत बाट पनि मनग्य आम्दानी भएपछि यहाँका कृषकहरु व्यवसायिक च्याउ खेतीमा आर्कर्षित भएका हुन् ।
जिल्लामा सन्धिखर्क ,किमडाँडा, खाँचीकोट र ढिकुरा लगायतका गाविसका कृषकहरु च्याउ खेतीमा लागेका छन् ।पछिल्लो समयमा यहाँका कृषकहरुले सामुहिक रुपमा समेत च्याउ खेतीगर्न लागेका छन् । सन्धिखर्कको सोंठे फाँटमा स्थानीय युवाहरु ले सामुहिक च्याउ खेतीगर्न थालेका छन् ।
वैदेशिक राजगारीको लागी मलेसिया पुगेर ३ बर्ष सम्म निक्कै कठिन काममा जोतिनु पर्दाको पिंडा पछि विदेशिलाई श्रम होईन उत्पादन विक्रिगर्नु पर्छ भन्ने उदेश्य राखेर नेपाल फर्केका जुकेना ७ का ईन्द्र बहादुर गेलाङ्गले आम्दानीको लागी अन्य क्षेत्रमा लगानी सुरक्षित नदेखेपछि अन्य २ जना छिमेकी पदम बहादुर घर्ति र डुक बहादुर गेलाङ्गको सहयोगमा ५महिना यता व्यवसायिक च्याउ खेती सुरु गर्नुभएको हो ।
२ रोपनी खेत बार्षिक ११ हजार बुझाउने गरी ५ बर्षको लागी लिजमा लिएका उनीहरुले ४ वटा टहरा बनाएर च्याउ खेतीसुरु गरेका हुन । साहु संग बाट मैनावारी सयकडा दुई रुपैयाको दरले व्याज वुभाउने गरी कर्जा लिएर च्याउ खेतीगर्न सुरु गरेका उनीहरुले आठसय ५० थुँगामा च्याउ उत्पादन गरी विक्रि बाट ४ लाख आम्दानी गरेको बताएका छन् । प्रति किलो २ सय ५० का दरले घरैबाट च्याउ विक्रि हुने गरेको उनीहरुको भनाई छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।