भारतको पूर्वोत्तरमा नेपाली भाषीले आह्वानमा गरिएको तीन दिने बन्दका कारण जनजीवन अस्तव्यस्त

 भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्यक्षेत्र दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा गरिएको तीन दिने बन्दका कारण जनजीवन अस्तव्यस्त भएको छ । बन्दको दोस्रो दिन पनि मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड राज्यको मागबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । 
पश्चिम बंगाल सरकारले आन्दोलनलाई मत्थर पार्न दमन गर्न सक्ने भन्दै उनले समर्थकहरुलाई सचेत रहन आग्रह गरे । गुरुङले हिजो बन्द लामो समय जानसक्ने भन्दै जनतालाई चाहिने खाद्यान्नको जोहो गरिराख्न अपील गरेका थिए । उनले अब गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्टे