हेटौंडा । मकवानपुरको पूर्वी दुर्गम क्षेत्र राईगाउँमा चट्याङबाट एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राईगाउँ-१ भैंसेका भक्तबहादुर पहरीका छोरीहरु २२ वर्षीया सुस्मिता र १९ वर्षीया कान्छी रहेका छन् ।
त्यस्तै पासाङ थोकरकी श्रीमती ३५ वर्षीया ज्ञानुजा मायाको पनि चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि हेटौँडातर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भक्तबहादुर पहरीको घरमा खानेपानी सम्बन्धी छलफल भईरहेको वेला आज साँझ चट्याङ परेको थियो ।
RSS