जर्बजस्ती चन्दा माग्ने एकीकृत माओवादीको युवा संगठन वाइसीएलद्धारा नारायणगढको प्रहरी कार्यालयमा आक्रमण, चितवन बन्द स्थगित

चितवन । जर्बजस्ती चन्दा मागेको आरोपमा समातिएका आफ्ना सहकर्मीलार्ई छुटाउन एकीकृत माओवादीको युवा संगठन वाइसीएलले गरेको चितवन बन्द स्थगित गरिएको छ । 

सर्वसाधारणलाई मर्का नपरोस् भनेर साँझ ५ बजेसम्म बन्द स्थगित गरेको तर्क उनीहरुको छ । ५ बजेभित्र आफ्ना कार्यकर्ता नछाडे लामो समय बन्द गर्ने चेतावनी उनीहरुको छ ।

सहकर्मी छुटाउन वडा प्रहरी कार्यालय नारायणगढमा गएराति आक्रमण गरेका वाइसिएलले आज विहान १० बजेदेखि जिल्ला बन्द गराएका थिए । प्रहरीले हिजो साँझ नारायणगढमा चन्दा माग्दै हिडेका वाइसीएलका ६ कार्यकर्तालाई पक्रेको थियो । 

प्रहरीले कार्यकर्ता पक्रेको भन्दै सयभन्दा बढीको संख्यामा पुगेका युवाले वडा प्रहरी कार्यालयमै आक्रमण गर्दा दुई प्रहरी घाइते भएका थिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेर राति नै कोण सभासमेत गरेका थिए । एकीकृत माआवोदीका जिल्ला नेता सुदर्शन पौडेलले जिल्ला सम्मेलनका लागि चन्दा संकलन गर्नु जायज भन्दै त्यसमा प्रहरीले हस्तक्षेप गरिनु आपत्तिजनक भएको तर्क गरेका छन् ।

RSS

चितवन बन्द

चितवन  । जर्बजस्ती चन्दा मागेको आरोपमा समातिएका आफ्ना सहकर्मीलार्ई छुटाउन एकीकृत माओवादीको युवा संगठन वाइसीएलले चितवन बन्द गराएको छ । सहकर्मी छुटाउन वडा प्रहरी कार्यालय नारायणगढमा गएराति आक्रमण गरेका वाइसिएलले नै आज विहान १० बजेदेखि चितवन बन्द गराएका हुन् ।

बन्दका कारण चितवनमा यातायात, बजार र शैक्षिकसंस्था ठप्प बनेको छ । प्रहरीले हिजो साँझ नारायणगढमा चन्दा माग्दै हिडेका वाइसीएलका ६ कार्यकर्तालाई पक्रेको थियो । प्रहरीले कार्यकर्ता पक्रेको भन्दै सयभन्दा बढीको संख्यामा पुगेका युवाले वडा प्रहरी कार्यालयमै आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेर राति नै कोण सभासमेत गरेका थिए । एकीकृत माआवोदीका जिल्ला नेता सुदर्शन पौडेलले जिल्ला सम्मेलनका लागि चन्दा संकलन गर्नु जायज भन्दै त्यसमा प्रहरीले हस्तक्षेप गरिनु आपत्तिजनक भएको तर्क गरेका छन् ।
 
RSS