– गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । सविधान सभाको द्रोसो निर्वाचनबारे केन्दमा विवाद भईरहदॉ अर्घाखॉची एकिकृत नेकपा माओवादीले भने चुनावी अभियान नै चलाएर गाउँ- गाउँमा पुगेको छ । पहिचाहन सहितको सघियता सघियता सहितको सविधान द्रोसो सविधान सभाको चुनावको लागी जन सम्बन्ध अभियान भन्ने उदेश्यका साथ जिल्लाका ४२ वटै गाविसमा माओवादीले घरदैलो कार्यक्रम सुरु गरेको छ ।
क्षेत्र नम्वर १ मा केन्द्रिय सदस्य राजकुमार शर्माको संयोजकत्वमा जनवर्गिय संगठनका संयोजक ठाकुर कुमार वि क सहित एक समुह र क्षेत्र नम्वर २ मा केन्द्रिय सदस्य प्रलाल्ह बुढाथोकीको संयोजकत्वमा एक टोली बनाई घर दैलो अभियानमा लागेको बुधवार कान्तिकारी पत्रकार संघ नेपाल अर्घाखॉची शाखाले आयोजना गरेको पत्रकार सम्मेलन एमाओवादी अर्घाखॉचीका जिल्ला संयोजक गोविन्द के.सी प्रकासले जानाकारी दिनुभयो ।
माओवादी गाविसका टोल टोल सम्म पुग्नको लागी गाउँमा पनि राज्य कमिटी सदस्यको संयोजकत्वमा २० समुह बनाई घरदैलोमा गएको जनाएको छ । यस्तै पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य प्रलाल्ह वुढाथोकीले आगामी सविधान सभाको निर्वाचनमा गणतन्त्रवादी शक्ति विच तालमेल गरि दुई तिहाई बहुमत ल्याउने गरि तयारी भईरहेको बताए । एमाओवादीमा प्रवेश गर्ने लहर चलेको भन्दै पार्टी फुटले खासै घाटा नभएको उनले बताए ।
यस्तै पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य राजकुमार शर्माले राष्टियताको विषयमा एमाओवादीले कसैसंग सम्झौता नगर्ने बताए । बाह्य शक्ति संगको लडाई लड्नको लागी पहिला आन्तरिक एकता अनिवाय रहेको उनको धारण थियो ।
कान्तिकारी पत्रकार संघ अर्घाखॉचीका अध्यक्ष गणेश खनालको अध्यक्षता र उपाध्यक्ष सविता आचार्यको सञ्चालनमा सम्र्पन कार्यक्रममा माओवादी जिल्ला संयोजक गोविन्द के सी,जनवर्गिय संगठन संयोजक ठाकुर कुमार विक लगाएतले मन्तव्य राखेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।