काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज बिहान बसेको बैठकले मंसिर ४ मै निर्वाचन गर्नुपर्नेमा जोड दिदै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको बैठकले असन्तुष्ट दललाई पनि निर्वाचन प्रक्रियामा आउन आग्रह गरेको छ ।
बैंठकले समानुपातिक सिट संख्या यथावत राख्न र मधेशको जनसंख्याको आधारमा सिट संख्या बढाउन पनि माग गरेको बैठकपछि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जीतेन्द्र देवले जानकारी दिए ।
बैठकले मतदाता नामावली अध्यावधिक गर्न एक महिना म्याद थप्नुपर्नेमा पनि जोड दिएको छ ।
RSS