जबर्जस्ती चन्दा उठाउँदै हिडेका ६ जना वाइसीएल कार्यकर्ता विरुद्ध मुद्दा दायर

चितवन  । जबर्जस्ती चन्दा उठाउँदै हिडेका ६ जना वाइसीएल कार्यकर्ता विरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले आज मुद्दा दायर गरेको छ ।

 

जबर्जस्ती चन्दा उठाईरहेको अवस्थामा मंगलबार साँझ पक्राउ परेका एकीकृत माओवादी भ्रातृ संगठन वाइसीएलका ६ कार्यकर्ता मध्ये चार जनालाई चन्दा ऐन र दुई जनालाई सार्वजनिक मुद्दा चलाईको चितवनका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले हामीलाई जानकारी दिए ।

चितवन जिल्ला अदालतबाट उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद लिइएको पनि कार्कीले बताए ।


जर्बजस्ती चन्दा उठाउँदै हिंडेका भरत मगर, मनोज शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेको विरोधमा राति वडा प्रहरी कार्यालयमा आक्रमण गर्न गएका मध्ये उत्तम गुरुङ र मधुराज न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।


नारायणगढस्थित वडा प्रहरी कार्यालयमा वाइसीएलले गरेको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् । आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा वाइसीएलले आज विहान चितवन जिल्ला बन्द आह्वान गरेको थियो ।


तर, सर्वसाधारणको चर्को विरोधपछि मध्यान्ह १२ बजेपछि उनीहरुले बन्द फिर्ता लिएका थिए । विहानको बन्दका कारण चितवन मात्रै नभई पूर्व