– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । मंसिर ४ गतेको निर्वाचनको लागि नेताहरु उम्मेदवार बन्नको लागि दौडधुपमा छन । एमाओवादी, काग्रेस र एमालेबीचको प्रतिष्प्रर्धा जस्तै भएकाले पार्टी भन्दा पनि उम्मेदवार अनुसार चुनाव जित्नेमा भर पर्ने धेरैको विश्लेषण छ । पार्टीले राम्रो उम्मेदवारलाई टिक दिए जित्ने तीनै पार्टीको दावी छ ।
नेताहरुको गाउँमा चुनावी अभियानतिर भन्दा पनि उम्मेदवारतिर ध्यान छ । सभावित उम्मेदवार गाउँ तिर होईन काठमाडौमा नेताहरुकहाँ धाएका छन । तीनै दलले चुनावको तयारी गरेको दावी गरेको छन । एमाओवादीले गाउँमा चुनावी माहोल तयार गरिसकेको छ । काग्रेसले गाउँमा भेला छलफल गरेको छ । एमालेले गाउँमा बलियो संगठन भएपनि पहिलोको चुनावमा दुई क्षेत्रमा हार खानुपरेका भन्दै वडा स्तरबाटै कुन पार्टीका कति कार्यकर्ता छन चुनाव कसरी जित्न सकिन्छ भन्दै तथ्याङ नै संकलन गरेको छ । चौथो शक्तिको रुपमा रहेको राष्टिञय जनमोर्चाले जित्न नसकेपनि कसरी धेरै भोट ल्याउन सकिन्छ भन्दै लागेको छ । उसले उम्मेदवार छनोटको लागि संभावित उम्मेदवारको नाम केन्द्रिय कार्यालयमा समेत पठाईसकेको छ ।
पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं.१ मा एमाओवादी नेता टोपबहादुर रायमाझी र २ मा काग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले जितेका थिए । बाबुराम भट्टराईको अति निकट मानिने रायमाझीले तीन पटक मन्त्री हुँदा लुम्बिनी-सालझण्डी-ढोरपाटन सडक, आन्तरिक सडक निर्माण, खानेपानी, कृषि, पर्यटकी, अर्घा धरमपानीमा विमानस्थल लगायतका क्षेत्रमा धेरै योजना भित्राएकाले क्षेत्र नं. १मा जित सुनिश्चित रहेको एमाओवादीको बुझाई छ । जिल्लामा तत्कालिन काग्रेस नेता का