होन्डुरसमा डेंगी रोगको संक्रमणबाट १६ जनाको मृत्यु भएपछी देशभर संकटकाल लागू गरिएको छ ।
लामखुट्टेको टोकाईकाका कारण लाग्ने रोग डेंगी होन्डुरसको बिभिन्न शहर र गाउँमा एकैचोटी फैलिएकोले देशभर सतर्कता अपनाइएको हो । डेंगी फैलिन नदिन देशभर स्वास्थ्यकर्मी परिचालन गरिनुका साथै लामखुट्टे मार्ने औषधी छरिएको छ ।
डेंगीका कारण हजार भन्दा बर्ढी संक्रमीत भएकाले उपचारार्थ अस्पताल भर्ना गरिएको त्यहाँको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लामखुट्टेको टोकाईबाट हुने यो रोगलागेपछी शुरुमा ज्वरो आउने र पछी मृत्यु सम्म हुनेगर्दछ ।
यसअघि होन्डुरसमा सन् २०१० मा डेंगीकै कारण ८३ जनाको ज्यान गएको थियो भने ६० हजार संक्रमित भएका थिए ।
Agencies