कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र शंकरपुर गाउँ विकास समितिमा रहेको दोदा नदीको कटानबाट एउटा गाउँ पूरै विस्थापित भएको छ ।
दोदा नदीमा आएको बाढीले धार परिवर्तन गर्दा वडा नंम्बर ७ मा रहेको डुङ्गा गाउँ विस्थापित भएको हो । तीन बर्ष यता नदी कटानले १ सय ५० घर परिवार रहेको वडा अहिले पूरै बगरमा परिणत भएको छ ।
विस्थापितहरु नजिकैको रानीबन सामुदायिक बनमा शिविर बनाएर बसेका छन् । ७ नं. वडा बिस्थापित भएसँगै नदीले अहिले ८ न. वडामा कटानी तिब्र पारेपछि उक्त स्थानका बासिन्दा पनि उच्च जोखिममा परेको छ ।
दोदामा तटबन्ध बाँधेर पनि बस्ती सुरक्षित हुने आशा नभएपछि स्थानीयबासीले दोदा किनारका बस्तीलाई अन्यत्र पुनर्वासको ब्यबस्था मिलाउन माग गरेका छन् । महाकाली पछिको दोस्रो ठूलो नदी दोदाले कञ्चनपुरमा बर्षेनी ठूलो क्षति पु