डिभर्ना र वाङ्लामा पूर्ण सरसफाइकालागि अभिमुखिकरण तालिम सम्पन्न

– शोभाखर पन्थी
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पूर्ण सरसफाइ अभियान अन्तर्गत प्रस्तावित नगरपालीका भित्र डिभर्ना र वाङ्ला गाविसमा २०७० श्रावण १५ र १६ गते विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा अन्तकृया क्रार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला शिक्षा कार्यालय अर्घाखाचीको आयोजना, डिभर्ना र वाङ्ला विद्यालय श्रोत केन्द्रको व्यवस्थापन तथा इकाड्स नेपाल र प्रकाश सचेतन समुह (प्राग)को सहजिकरणमा भएको अभिमुखिकरण तालिममा गाविस अन्तर्गतका प्रत्येक विद्यालयबाट आठ आठ जना गरि करिव १सय८० जनाको सहभागिता रहेको थियो । 
जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि डिभर्ना र वाङ्ला श्रोत केन्द्रका श्रोत व्यक्ति नम बहादुर सिंह रानाभाट, डिभर्ना गाविस सचिव थानेश्वर खनाल, यु एन हेविट्याट जिल्ला संयोजक विष्णु दवाडी, पूर्ण सरसफाइ अभियानका गोपाल घिमिरे, प्रेम गैरे, विजय उ मा विका प्राचार्य बाबुराम आचार्य, ज्ञान प्रकाश मा.वि.का सुर्य खनाल लगायतले सहजिकरण गर्नु भएको कार्यक्रममा सहभागिहरुले पूर्ण सरसफाइमा विद्यालय क्षेत्रबाट आफूहरुले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।  
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु