अमेरिकाको जासुसी विभागमा काम गर्ने पूर्व कर्मचारी इडवार्ड स्नोडेनले रुसको मस्को विमानस्थल छाडे

अमेरिकाको जासुसी विभागमा काम गर्ने पूर्व कर्मचारी इडवार्ड स्नोडेनले रुसको मस्को विमानस्थल छाडेको उनका वकिलले जानकारी दिएका छन् । 
हङकङ हुँदै मस्को पुगेका स्नोडेन केही सातादेखि मस्को विमानस्थलमा रहेका थिए । विमानस्थलको ट्रान्जिटमा बसिरहेका स्नोडेनलाई रुसी भूमिमा छिर्न अधिकारीहरुले आवश्यक कागजात उपलब्ध गराएपछि स्नोडेनले मस्को विमानस्थल छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 
यता, चर्चित वेबसाईट विकिलिक्सले भने स्नोडेनलाई रुसले एक वर्षको अस्थायी शरण दिएको बताएको छ । स्नोडेनले अमेरिकाबाट बच्न रुस लगायतका झण्डै २५ देशमा राजनीतिक शरण मागेका थिए । 
भेनेजुएला, ईक्वेडर लगायतका लेटिन अमेरिकी देशहरुले उनलाई शरण दिने बताएपनि मस्कोबाट त्यहाँसम्म पुग्न कठिन हुने भएपछि स्नोडेनलाई रुसमै शरण दिईएको अनुमान गरिएको छ । स्नोडेनले मस्को विमानस्थल छाडेपनि सुरक्षाका कारण उनी जाने स्थलबारे भने केही सार्वजनिक गरिएको छैन ।
अमेरिकी गोप्य सूचना चुहाएको आरोपमा अमेरिकाले उनलाई दोषी ठहर गरेको थियो । अमेरिकाले उनलाई पक्राउ गरी सुपुदर्गी गर्र्न रुसलाई आग्रह गरिरहेकै बेला उनले विमानस्थल छोडेका हुन् । 
यद्यपी उनी रुसकै कुनै शहरमा रहने उनका वकिलको भनाई छ । अमेरिका र रुसवीच सुपुदर्गी सन्धी नभएकाले स्नोडेनको सुपुदर्गी हुन गाह्रो हुने बताईएको छ ।
  
Agencies