दमस्कस । सिरियाको होम्स शहरमा रहेको एक हतियार गोदाममा विष्फोट हुँदा ४० जना मारिएका छन् । विपक्षी आन्दोलनकारीका अनुसार विस्फोटमा एक सय जना घाइते भएका छन् ।
विष्फोट सरकार नियन्त्रित क्षेत्रमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विष्फोट आफूहरुले गराएको दावी विद्रोही फ्रि सिरियन आर्मीले गरेको छ ।
विद्रोहीले प्रहार गरेको रकेटले उक्त हतियार भण्डार ध्वस्त भएको बताइएको छ । होम्स शहर सरकारी र विद्रोहीबीचको भिडन्तको मूख्य स्थल बनेको छ ।
होम्श शहर कसले कब्जा गर्ने भन्ने प्रतिष्पर्धामा पछिल्ला दिनमा सरकारी सेनाले विद्रोहीलाई त्यहाँबाट लखेटेको थियो ।
Agencies