संविधानसभा निर्वाचनको तयारीलाई तिव्रताका साथ अगाडि बढाउने उच्चस्तरीय राजनीतिक समितिको निर्णय

काठमाडौं । प्रमुख चार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको तयारीलाई तिव्रताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

 

समितिको कार्यालय नयाँबानेश्वरमा आज बसेको बैठकले असन्तुष्ट दललाई फेरि वार्तामा बोलाउने र लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

 

वार्ताको लागि नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग कुरा भइरहेकाले चाँडै वार्ता हुने जानकारी एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

 

RSS