भारतमा आन्ध्र प्रदेश टुक्राएर छुट्टै तेलंगाना राज्य गठनबारे कतै विरोध कतै स्वागत

दक्षिण-पूर्वी भारतीय राज्य आन्ध्र प्रदेशमा मंगलबार थप नयाँ तेलंगना राज्यको घोषणा भएको छ । झन्डै चार वर्षसम्म भएको गृहकार्यपछि यसमा तेलंगना क्षेत्रका १० जिल्लाहरूलाई समेटिएको छ ।


तेलंगनाको ऐतिहासिक, भौगोलिक र सामाजिक भिन्नतलाई देखेर यो निर्णय गरिएको कंग्रेस पार्टीले जनाएको छ । छुट्टै राज्यका लागि एक ठूलो समुदायले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । यो घोषणापछि संयुक्त आन्ध्र प्रदेशको चाहना राख्ने असन्तुष्ट पक्षहरूले भने हैदरावादलगायतका आसपासका अन्य सूचना प्रविधियुक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।



सत्ताधारी कांग्रेस नेतृत्वको गठबन्धनले नयां तेलंगाना राज्य निर्माणको पक्षमा मत व्यक्त गरेपछि तेलंगाना इलाका भन्दा बाहिरका मानिसहरुले विरोध स्वरुप हडताल गरेका छन्।


आन्ध्र प्रदेशको अनन्तपुरमा मानिसहरुले विरोध प्रदर्शन गरी रंहदा कांग्रेसकै केहि नेता र मार्क्सवादी कम्युनिष्ट पार्टीले समेत सरकारको आलोचना गरेका छन्।


दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा, उक्त राज्यलाई टुक्राएर तेलंगाना राज्य बनाइने प्रस्तावको घोषणापछि विभिन्न स्थानमा विरोध प्रदर्शनहरु भएका छन्।


अनन्तपुर जिल्लामा विरोध प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति तोडफोड गरेर आक्रोश व्यक्त गरेका थिए।


आन्ध्र प्रदेशका ‌विभिन्न भागमा विरोध प्रदर्शनहरु भएतापनि धेरैले नयां राज्य गठन प्रकृयाको शुरुवातलाई स्वागत गरेका छन्। हैदरावादका बासिन्दाले परेवा उडाएर शान्तिको सन्देश दिएको संकेत गरेका थिए।


औपचारिक घोषणापछि तेलंगाना भारतको २९औं राज्य हुनेछ। अनुमोदनको समाचार सुनेपछि स्थानीयबासीले मिठाइ बांडेर खुशी मनाएका थिए।नयां बन्ने तेलंगाना राज्यमा तीन करोड पचास लाख जनसंख्या हुनेछ र त्यसले आन्ध्र प्रदेशको २३ मध्ये दशवटा जिल्लालाई समेट्ने छ।


नयां राज्य घोषणाको अन्तिम निर्णय भारतको संसदले गर्नेछ तर त्यसअघि उक्त प्रस्तावलाई राज्य विधानसभाले पनि पारित गर्नु पर्नेछ।



प्रधानमन्त्री डा. मनमोहन सिंह, भारतीय कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत केही वरिष्ठ नेताहरूले मंगलबार यस विषयमा सहमति जनाएका हुन्  अहिलेलाई हैदरावादलाई नै दुवै राज्यको राजधानी मानिएको छ । पछि अलग-अलग राजधानी तय हुनेछ । राज्य निर्माणको सम्पूर्ण प्रक्रिया र शक्ति हस्तान्तरणमा अझ केही महिना लाग्ने छ । 


भारतीय सूचना प्रविधिको केन्द्र मानिएको हैदारावाद सहरमा नयाँ राज्यको घोषणाको विषयमा भारतमा सन् २००९ देखि झडपहरू भएका थिए । आन्ध्र प्रदेश सरकारबाट उपेक्षित एवं विकासका हिसाबले पछि परेको भनिएको उक्त क्षेत्रको जातीय बसोबासको बाहुल्य रहेको क्षेत्रलाई नयाँ राज्यको घोषणा भएको हो ।


तेलंगना क्षेत्रका समर्थकहरूको सन् २००९ को कडा आन्दोलनपछि सरकारले उक्त नयाँ राज्य घोषणाको आश्वासन दिएको थियो । सरकारले यसबारेको रिपोर्टको अध्ययनपछि यो निर्णय लिएको हो । आन्ध्र प्रदेश भारतको पाँचौं ठूलो राज्य हो । सन् १९५६ मा तेलगंनालाई आन्ध्रप्रदेशमा मिलाइएको थियो । सन् २००० देखि स्वतन्त्र तेलंगानाको माग हुँदै आएको थियो । 


उक्त राज्यबाट भारतको केन्द्रीय संसदका लागि ४२ संसद निर्वाचित हुने गर्छन् । सन् २००९ मा भएको संसद्को निर्वाचनमा यस राज्यबाट मात्र कंग्रेसले ३३ स्थान हासिल गरेको थियो ।