न्यूर्योक । संयुक्त राज्य अमेरिकाले अलकायदाको तर्फबाट हुनसक्ने हमलालाई ध्यानमा राख्दै आफ्ना नागरिकहरुका निम्ति विश्वव्यापी यात्रा सावधानी सूचना जारी गरेको छ।
त्यस्तो खतरा विशेषगरी मध्यपूर्व र उत्तर अफ्रिकी देशहरुमा हुन सक्ने बताइएको छ।
मुसलमान देशहरुमा रहेका बीसवटा दूतावास र महाबाणिज्यदूतका कार्यालयहरु आइतबारको दिन बन्द गरिने भनी विदेश मन्त्रालयले गरेको घोषणा पछि त्यस्तो यात्रा सतर्कता सूचना आएको छ।
अमेरिकी सांसदहरुका अनुसार, त्यस्तो विश्वव्यापी यात्रा सतर्कता घोषणा गर्नु पर्नाका पछाडीको गोप्य सूचना, सामान्य कुराकानीको आधारमा मात्र प्राप्त भएको होइन।
अमेरिकी संसदकी एक नेतृ न्यान्सी पेलोसीले खतरा गम्भीर रहेको विश्वास गर्न सकिने कारणहरु रहेका बताइन्।